कोरोनाको इपिसेन्टर बन्यो अमेरिका, २४ घण्टा नबित्दै १ हजारको ज्यान गयो

0
Shares

चीनको वुहानकाट फैलिएको कोरोना भाइरस संक्रमणले शक्तिराष्ट्र अमेरिका नराम्ररी प्रभावित बनेको छ। मंगलबार बेलुका १० बजेसम्ममा अमेरिकामा मात्रै थप १ हजार १० जना सहित ११ हजार ८८१ जनाले ज्यान गुमाएका छन् भने आजै मात्रै १३ हजारभन्दा बढीमा यो संक्रमण फैलिइएको छ । यससँगै अमेरिकामा कोभिड १९ बाट कूल संक्रमितको संख्या ३ लाख ८० हजार नाघेको छ।

हालसम्म इटालीमा यस रोगबाट सबैभन्दा धेरै १६ हजार ५ बढीले मृत्युवरण गरेका छन् भने १ लाख ३२ हजार बढीमा यो संक्रमण फैलिएको छ। यस्तै स्पेनमा मंगलबार मात्रै ३ हजार ८०० बढीमा यो संक्रमण देखिँदा कूल संक्रमितको संख्या १ लाख ४० हजार नाघेको छ भने १३ हजार ९०० बढीले ज्यान गुमाएका छन्।

यसैगरि फ्रान्समा ९८ हजार बढीमा संक्रमण देखिँदा ८ हजार ९०० बढीले ज्यान गुमाएका छन् भने बेलायतमा पनि ५५ हजार बढीमा संक्रमित हुँदा ६ हजार १०० बढीको मृत्यु भएको छ।

यस्तै इरानमा ६२ हजार ६०० मा संक्रमित रहँदा ३ हजार ८०० बढीको मृत्यु भएको छ। चीनमा ८१ हजार ७०० बढीमा संक्रमण हुँदा ३ हजार ३०० बढीको ज्यान गुगेको अवस्था रहेको छ। नेदरल्याण्डमा पनि १९ हजार ६०० जनामा संक्रमण देखिँदा २ हजार १०० बढीको ज्यान यहि रोगका कारण भएको छ। यस्तै बेल्जियममा पनि २२ हजार २०० मा संक्रमण हुँदा २ हजार ३५ जनाले ज्यान गुमाएको तथ्याङ्क छ। जर्मनीमा पनि १ हजार ८०० बढीले ज्यान गुमाउँदा सो देशमा यस रोगबाट संक्रमित हुनेको संख्या १ लाख ५ हजार नाघेको अवस्था छ। बाँकीमा १ हजारभन्दा कम व्यक्तिले ज्यान गुमाएका छन्।

चैत २५ गते मंगलबार साँझ १० बजेसम्म्मा संसारभरमा ७९ हजार १४ जनाले ज्यान गुमाएका छन् भने १३ लाख ८६ हजार बढीमा संक्रमण फैलिएको अवस्था रहेको छ। २ लाख ९७ हजार ३०० जना बढीमा निको हुँदा अझै १० लाख ९ हजारमा यो रोगको संक्रमण जारी छ।

प्रकाशित मिति: २५ चैत २०७६, मंगलबार  २२ : ०२ बजे