कोरोनाबाट ८३ हजार ४०० को ज्यान गयो, १४ लाख ४७ हजार संक्रमित

0
Shares

विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये बुधबार साँझ ६ बजेसम्म ८३ हजार ४०१ जनाको ज्यान गएको छ । १४ लाख ४७ हजार भन्दा धेरै मानिस संत्र,मित भएका छन् भने ३ लाख ९ हजार उपचारपछि निको भएका छन् ।

दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट अझैपनि १० लाख ५४ हजार बढीमा संक्रमण छ। जसमध्ये ४७ हजार ९९३ जनाको अवस्था संवेदनशील रहेको छ। १० लाख ६ हजारको अवस्था मध्यम रहेको छ।

गएको १८ घण्टामा विश्वका विभिन्न देशमा १ हजार ३६७ जनाको ज्यान गएको छ भने १६ हजार ५३५ जना नयाँ बिरामी थपिएका छन् ।
गएको १८ घण्टामा स्पेनमा मात्रै ५१० जनाको ज्यान गएको छ। बेल्जियम २०५, नेदरल्याण्ड १४७, इरान १२१, स्वेडनमा ९६ जनाको मृत्यु भएको छ।

इटालीमा सबैभन्दा धेरै कूल १७ हजार १२७ बढीको ज्यान गएको छ भने स्पेनमा १४ हजार ५५५, अमेरिकामा १२ हजार ८५७ जनाको ज्यान गएको छ । यस्तै फ्रान्समा १० हजार १२८,बेलायतमा ६ हजार १५९, इरानमा ३ हजार ९९३, चीनमा ३ हजार ३३३, नेदरल्याण्डमा २ हजार २४८ जना, बेल्जियममा २ हजार २४०, जर्मनी २ हजार १६ धेरैको ज्यान गएको छ ।

बुधबार साँझ ६ बजेसम्ममा शक्तिशाली राष्ट्र अमेरिकामा कूल संक्रमितको संख्या ४ लाख नाघेको छ। स्पेनमा १ लाख ४६ हजार, इटाली १ लाख ३५ हजार, फ्रान्समा १ लाख ९ हजार, जर्मनी १ लाख ७ हजार, चीन ८१ हजार, इरान ६४ हजार, बेलायत ५५ हजार, टर्की ३४ हजार, बेल्जियम २३ हजार, स्वीजरल्याण्ड २२ हजार, नेदरल्याण्ड २० हजार, क्यानडा १७ हजार, ब्राजिल १४ हजार, पोर्चुगल १३ हजार, अष्ट्रिया १२ हजार, र दक्षिण कोरीयामा १० हजार बढी व्यक्तिमा कोभिड १९ को संक्रमण फैलिएको वल्डमिटरले जनाएको छ।

प्रकाशित मिति: २६ चैत २०७६, बुधबार  १८ : १८ बजे