कोरोना संक्रमण हुन सक्ने २१ जनाको स्वाब परीक्षणका लागि पोखरामा

0
Shares

कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावना ध्यानमा राखी भारत लगायत विभिन्न देशबाट आएका २१ जनाको स्वाब निकालेर परीक्षणका लागि पोखरा लगिएको छ ।

बेँसीहर नगरपालिकास्थित जिल्ला सामुदायिक अस्पतालबाट र मध्यनेपाल नगरपालिकाबाट १५ जनाको स्वाब निकालेर कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत क्षेत्रीय अस्पतालको क्षेत्रीय प्रयोगशालामा पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए।

 

प्रकाशित मिति: २६ चैत २०७६, बुधबार  १८ : ४८ बजे