नेपाली मुद्रा हालसम्मकै कमजोर, डलरको बिक्रीदर १२२.५० रुपैयाँ पुग्यो

0
Shares

नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

अमेरिकी डलरको विनियम दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि नेपाली मुद्रा कमजोर भएको हो।

कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपाली मुद्रामा परेको हो ।

राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ५० पैसा (बिक्रीदर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि गत चैत ११ मा यस्तो विनिमय दर १ सय २२ रुपैयाँ ३४ पैसा थियो । यसअघिको न्यून विनिमय दरको तुलनामा बिहीबार नेपाली मुद्राको भाउ कमजोर (अवमूल्यन) भएको हो ।

बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ९० पैसा तोकेको छ ।

 केही महिनायता कोरोना भाइरसका कारण विश्वबजार प्रभावित छ । यसकारण विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेको छ ।