बन्द भएको ७३ औं दिनमा खुल्यो तातोपानी नाका, रसुवागढी नखुल्ने

0
Shares

नेपाल चीन बीच रहेको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी बुधबार साँझबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । तर अर्को नाका रसुवागढी भने तत्कालका लागि नखिोलिने जानकारी चीनले नेपाल सरकारलाई गराएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अत्यावश्यक वस्तुको मात्रै आयात गर्ने शर्तमा रसुवागढीलाई छाडेर तत्कालका लागि तातोपानी नाका मात्रै खुला गर्नेजानकारी चीनले पठाएको जनाएको छ ।

तातोपानी भन्सार कार्यालय प्रमुख लाल बहादुर खत्रीले बन्द भएको ७३ औं दिनमा नाका सञ्चालनमा आएको बताए । ‘चीनतर्फबाट मंलबार १९ कार्टुन मास्क र १० कार्टुन स्यानीटाईजर आएको थियो, भन्सार यार्डमा त्यसलाई १२ घण्टा क्वारेन्टाईनमा राखेर बुधबार साँझ भन्सार जाँच पास ग¥यौँ,’ भन्सार प्रमुख खत्रीले भने ।

ठूलो परिमाणमा शुक्रबर अलि धेरै सामान भन्सार आईपुग्ने उनले बताए । तत्कालका लागि चीनले अत्यवश्यक वस्तु मात्रै नाका भएर पठाउने जानकारी दिएको पनि खत्रीले बताए । चीनमा कोरोना देखिएपछि माघ १३ गतेदेखि नाका बन्द गरिएको थियो ।

  • रसुवागढी नाका नखुल्ने

तत्कालका लागि रसुगाढी नाका नखोल्ने जानकारी चीनले नेपाल सरकारलाई गराएको छ ।

नेपालले अत्यवश्यक वस्तुको मात्रै आयात गर्नेसर्तमा तातोपानी नाकाबाट मात्रै खोल्ने जानकारी चीनले पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बुधबार साँझबाट आशिंक रुपमा तातोपानी खुलेको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीनसरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो ।

नेपालले पत्राचार गरेको ९ दिनपछि परराष्ट्रलाई जवाफ पठाउँदै चीनले तत्कालका लागि तोतोपानी नाका मात्रै खोल्न सकिने जनाएको मन्त्रालय स्रोतले बतायो । ‘चीनले कारण नखुलाई तत्कालका लागि तातोपानी नाका मात्रै खोल्ने जवाफ पठायो, यसमा पनि अत्यवश्यक वस्तुृ मात्रै चीनबाट आयात गर्ने सर्त छ,’ एक अधिकारीले भने ।

ति अधिकारीकाअनुसार नेपाल प्रमुख व्यापारिक नाका तातोपानी र रसुवागढी दुवै सञ्चालनको तयारीमा थियो । नेपालले आवश्यकताअनुसार आयात निर्यात दुवै व्यापारका लागि नाका खोल्न चाहे पनि चीन नेपालबाट आयातमा अनिच्छुक देखिएको छ । हाललाई रसुवागढी नाका नखोल्ने तातोपानीबाट मात्रै चीनले नेपालसँग कारोबार गर्ने जानकारी आफूलाई आएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले जानकराी दिए ।

 

प्रकाशित मिति: २७ चैत २०७६, बिहीबार  १२ : ०९ बजे