भारतीय शेयरबजारमा बढोत्तरी, थप राहत प्याकेजको अपेक्षामा लगानीकर्ता

0
Shares

माहामारीको रुप लिएको कारोनाको असर बढ्दै गएपछि भारत सरकारले अर्को पनि राहत प्याकेज ल्याउने अपेक्षामा शेयर बजारमा सुधार आएको छ ।

मंगलबार करिब ९ प्रतिशतले वढेको भारतीय शेयर बजारमा बुधबारको सामान्य गिरावटपछि पुनः बिहीबार ४ प्रतिशतको सुधार देखिएको हो।

भारत सरकारले कोरोना पिडितका लागि अर्को पनि राहत प्याकेज ल्याउने हल्ला बजारमा फैलिएपछि धितोपत्र बजार सूचकहरु सकारात्मक भएका हुन् ।

भारत सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गरेको भएपनि शेयर बजारमा सुधारको गति देखिएको छ ।

त्यसैगरी डलरको तुलनामा भारतीय रुपैयाँ हालसम्मकै कमजोर अवस्था पुगेको छ । त्यसले गर्दा पनि शेयर बजारमा सकारात्मक अवस्था आएको हो । बिहीबार अमेरिकी शेयर बजारमा पनि उच्च अंकको सुधार आएको थियो ।

कारोबार सुरु भएदेखि वढ्न थालेको भारतीय शेयर बजार बन्द हुदाँ सम्म कायम रह्यो । शेयर बजारमा ९ हजार ९०० करोड भारतीय रुपैयाँ नयाँ लगानी आउन सक्ने हल्लाका कारण पनि लगानीकर्ताको मनोवलमा सुधार आएको हो ।

बिहीबार नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी ३६३.१५ ले वढेर ९१११.९० अंकमा पुगेको छ । त्यसैगरी बम्बई स्टक एक्सचेन्ज परिसूचक सेनसेक्स पनि १२६५.६६ अंकले बढेर ३११५९.६२ अंकमा पुगेको छ । बिहीबार कारोबार खुले देखि बढ्न थालेको भारतीय शेयर बजार बन्द हुँदासम्म कायम रह्यो । बिहीबार भारतीय शेयर बजारमा कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ ।