तीन हजार ५२४ नमुना परिक्षण सम्पन्न, नयाँ कोरोना सङ्क्रमित देखिएन

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ५२४ नमुना परिक्षण सम्पन्न हुँदा थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताए। संक्रमित ८ जनामध्ये टेकुमा २ जना वाग्लुङ्गमा २ जना, सेती अस्पतालमा ४ जना रहेका छन्। सबैको स्थिति सामान्य रहेको छ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल ३ हजार ५२४ नमूना परीक्षण सम्पन्न भएका छन् । गत २४ घण्टामा ६३० वटा नयाँ परीक्षण भएको छ, जसमा काठमाडौं उपत्यकामा रहेको प्रयोगशालामा ४०१ वटा र उपत्यका बाहिर २२९ वटा भएका छन्। प्रयोगशाखामा परीक्षणको क्रममा रहेका नमुना परिक्षणको संख्या ८०० भन्दा बढी रहेको र्पवक्ता देवकोटाले बताए।

हालसम्म नेपालभरी ८ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने १२५ रहेको छ । सोमध्ये काठमाडौं उपत्यका भित्रका १५ र उपत्यका बाहिर ११० रहेका छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा प्रतिप्रदेश ५ हजारका दरले बिहीबार ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिसँगै विभिन्न प्रदेशका विभिन्न जिल्लाबाट नजिा प्राप्त हुन थालेको छ।

जसमा कैलालीमा ३३९ वटा, कञ्चनपुरमा १३७ वटा गरि कूल ४७६ वटा परिक्षण भई नतिजा नेगेटिभ भेटिएको छ भने कपिलवस्तुमा २१ वटा र वाग्लुङ्गमा १९ वटा परिक्षणको नतिजा पनि नेगेटिभ आएको छ । अन्य जिल्लामा पनि परिक्षण सुरु भएको जानकारी प्राप्त भएको देवकोटाले बताए।

मन्त्रालयले स्थापना गरेको ११३३ र १११५ गरि २ वटा कल सेन्टरको नम्बरमा गत २४ घण्टामा ३ हजार २५४ वटा जिज्ञाशा सम्बोधन गरेको छ। मोबाइल एप डाउनलोड गर्नेको संख्या २५ हजार ५५६ पुगेको छ भने गत २४ घण्टामा ५५६ वटा नयाँ इन्ट्रि भएसँगै कूल एपमा कूल इष्ट्रि गर्नेको संख्या १३ हजार ४५० पुगेको छ। १ लाख ८२ हजार धेरैले मन्त्रालयको वेवसाइट भिजिट गरेका छन्।