ओपेकले कच्चा तेलको उत्पादन २० प्रतिशतले कटौती गर्ने

0
Shares

तेल उत्पादन गर्ने विश्वका प्रमुख राष्ट्रहरुको संगठन ओपेकले कच्चा तेलको उत्पादन २० प्रतिशतले कटौती गर्ने सहमति जनाएका छन् ।

सदस्य राष्टहरुबीच हिजो भएको भिडियो कन्फरेन्सका क्रममा कोभिड-१९ को विश्वव्यापी प्रभावका कारण तेलको खपत घटिरहेकोले उत्पादन पनि कम गर्ने सहमति भएको हो ।

यसअघी उत्पादन सिमित गर्ने विषयमा कुरा नमिल्दा रुस र साउदी अरेवियाबीच विवाद भएको थियो । त्यसैको परिणाम संवरुप साउदी अरेवियाले अधिकतम परिमाणमातेल उत्पादन गरे पछि विश्वभरनै तेलको मूल्य निकै सस्तिएको थियो ।

तर कोभिड -१९ को महामारिका बेला उत्पादन र वितरणमा तालमेल मिलाउन भन्दै ओपेक सदस्य राष्ट्रहरुको बैठकले उत्पादन घटाउने निर्णय गरेको हो ।

सहमति अनुसार अर्को दुइ महिना १ करोड व्यारेल वा १० प्रतिशतका दरले उत्पादन कटौती गरिने छ । त्यस पछि सन् २०२२ को अप्रिल महिना सम्म क्रमश कटौतीको दर बढाउदै लैजाने सहमति गरिएको छ ।

प्रकाशित मिति: २८ चैत २०७६, शुक्रबार  १८ : २३ बजे