विश्वभर कोभिड–१९ सङ्क्रमण: इटालीमा भन्दा अमेरिकामा धेरैको निधन

0
Shares

कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विश्वभर १ लाख ४ हजार ९०० बढीको निधन भएको छ। वल्डओमिटरका अनुसार शक्तिराष्ट्र अमेरिकामा शनिबार बेलुका ९ बजेसम्म इटालीमा भन्दा धेरै व्यक्तिको मत्यु भएको छ।

तथ्याङ्क अनुसार अमेरिकामा शनिबार मात्रै १३६ सहित कूल १८ हजार ८८३ जनाको मृत्यु भएको हो। इटालीमा १८ हजार ८४९ जनाको निधन भएको छ। यसैगरि स्पेन १६ हजार ३५३, फ्रान्स १३ हजार १९७, बेलायत ९ हजार ८७५, इरान ४ हजार ३५७, बेल्जियम ३ हजार ३४६, चीन ३ हजार ३३९, जर्मनी २ हजार ७३६ र नेदरल्याण्डमा २ हजार ६४३ जनाको कोभिड १९ को कारण निधन भएको छ।

संयुक्त राज्य अमेरिकामा कूल संक्रमितको संख्या ५ लाख ६ हजा नाघेको छ। यस्तै स्पेन १ लाख ६१ हजार, इटाली १ लाख ४७ हजार, फ्रान्स १ लाख २४ हजार, जर्मनी १ लाख २२ हजार, चीन ८१ हजार ९५३, बेलायत ७८ हजार ९९१, इरान ७० हजार, टर्की ४७ हजार र बेल्जियममा २८ हजार रहेको छ । इटली र फ्रान्समा पछिल्ला केही दिनदेखि सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या क्रमशः घट्दो क्रममा देखिएको छ ।

नेपाली समय अनुसार शनिबार साँझ ९ सम्ममा विश्वभर १७ लाख २७ हजार सङ्क्रमित भएका छन् भने एक लाख ४ हजार ९२३ को मृत्यु भइसकेको छ । त्यस्तै तीन लाख ९० हजार ५२२ जना निको भएर घर फर्किएका छन् । विश्वभरि ५० हजार ३१४ जनाले अझै जटिल सङ्क्रमणका कारण उपचार सेवा लिइरहेका छन् भने ११ लाख ८१ हजारको संक्रमितको अवस्था सामान्य रहेको छ।

पछिल्लो तथ्याङ्क अनुसार निको भएर घर फर्किनेको सङ्ख्या चीनमा सबैभन्दा बढी ७७ हजार रहेको छ । स्पेन र जर्मनीमा पनि ५० हजारभन्दा धेरै व्यक्ति निको भएर घर फर्किएका छन्। शनिबार बेलायतमा सबैभन्दा धेरै ५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने स्पेन र अमेरिकामा पनि ३ हजार बढीमा यो संक्रमण फैलिएको छ। 

प्रकाशित मिति: २९ चैत २०७६, शनिबार  २१ : १६ बजे