विश्वमा कोरोनाले झण्डै १ लाख ९ हजारको ज्यान लग्यो, संक्रमितको संख्या १८ लाख नजिक

0
Shares

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १८ लाखको नजिक पुगेको छ भने करिब १ लाख ९ हजारले ज्यान गुमाइसकेका छन्।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार आइतबार बिहानसम्म विश्वमा १७ लाख ८० हजार ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो साढे तीन महिनाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट १ लाख ८ हजार ८सय २६ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये हालसम्म ४ लाख ४ हजार २९ जना उपचारपछि निको भएका छन्। हालः विश्वभर १२ लाख ६७ हजार ४५७ जना कोरोना संक्रमित उपचारत छन्। उपचारतमध्ये ५० हजार ५९२ जनाको अवस्था गम्भिर र १२ लाख १६ हजार ८६५ को अवस्था सामान्य रहेको जनाइएको छ।

नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। संक्रमितमध्ये एक जनालाई उपचारपछि निको भइसकेको छ भने बाँकी ८ जना उपचारत छन्। दुई जनाको केहि दिनमै डिस्सचार्ज हुँदैछ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५ लाख ३२ हजार ८ सय ७९जना रहेको छ, जसमध्ये २० हजार ५ सय ७७ जनाको मृत्यु भइसकेको छ। स्पेनमा कोरोना संक्रमित १ लाख ६३ हजार २७ रहेकोमा १६ हजार ६ सय ६ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना संत्रमितको संख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ। यीमध्ये १९ हजार ४ सय ६८ जनाको मृत्यु भइसकेको छ।

फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २९ हजार ६ सय ५४ छ, जसमध्ये १३ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ। जर्मनीमा कोरोना संक्रमित १ लाख २५ हजार ४ सय ५२ रहेकोमा २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ। चीनमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ८२ हजार ५२ पुगेको छ। यीमध्ये ३ हजार ३ सय ३९ जनाको मृत्यृ भएको छ।

बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ७८ हजार ९ सय ९१ जना पुगेको छ, जसमध्ये ९ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ। इरानमा ७० हना २९ जना कोरोनाका संक्रमित रहेकोमा ४ हजार ३ सय ५७ जनाको मृत्यु भएको छ। टर्कीमा कोरोना संक्रमितको संख्या ५२ हजार १ सय ६७ पुगेको छ। यीमध्ये १ हजार १ सय १ जनाको मृत्यु भइसकेको छ।

बेल्जियममा कोरोना भाइरस संक्रमित २८ हजार १८ रहेको छ, जसमध्ये ३ हजार ३ सय ४६ जनाको मृत्यु भइसकेको छ। स्वीट्जरल्याण्डमा कोरोना संक्रमितको संख्या २५ हजार १ सय ७ रहेकोमा १ हजार ३६ जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्समा कोरोना संक्रमितको संख्या २४ हजार ४ सय १३ पुगेको छ। यीमध्ये २ हजार ६ सय ४३ को मृत्यु भएको छ। बाँकीको मृत्यु र संक्रमित अन्य देशमा रहेका छन्।