नेपालमा थप तीनमा कोरोना पुष्टि, कूल संक्रमितको संख्या १२ पुग्यो

0
Shares

पर्साको वीरगञ्जमा थप तीन जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। संक्रमित तीनैजना भारतीय नागरिक रहेको र सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएको बताइएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले औपचारिक रुपमा यसको पृष्टि गर्न भने बाँकी रहेको छ।

यससँगै नेपालमा हाल कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने १ जनालाई निको भई घर फर्किसकेको अवस्था छ।

यसअघि अप्रिल ४ तारिख अर्थात चैत २२ गते भारतबाट फर्किका दुई र आफ्नै श्रीमानबाट एक स्थानीयमा गरि तीन जनामा सुदूरपश्चिममा कोभिड १९ को पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएका तीनवटै स्वाब परिक्षण हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा भई थप पुष्टिका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। काठमाण्डौमा परिक्षणमा पनि उनीहरुमा कोरोना पोजेटिभ भएको पाइएको हो ।

हेटौंडामा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । सो मध्ये ३ जनामा कोरोना पोजेटिभको आशंकापछि उनीहरुलाई शुक्रबार दिउँसोदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

नारायणी अस्पतालमा बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु ‘स्क्रीनिङ’ का लागि आएका थिए । चिकित्सकले उनीहरुको स्वाब संकलन गरि बागमती प्रदेशको हेटौंडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा पठाएका थिए।

यसअघि संक्रमित रहेका ८ जनामध्ये धौलागिरी अपस्ताल बाग्लुङमा २ जना , शुक्रराज अस्पताल टेकु काठमाडौंमा २ जना र ४ जनाको सेती प्रादेशिक अस्पताल, धनगढी कैलाली उपचार भइरहेको छ।

शनिबारसम्म कूल ४ हजार ४२६ वटा नमुना परिक्षण भएको छ भने रुयापिट किट र पिसिआर मेसिनबाट उपत्यकामा तीन र उपत्यका बाहिर १० गरि कूल १३ स्थानबाट कोरोनाको नमुना परीक्षण भैरहेको जनाइएको छ। हाल ८२ जना आइसोलेसनमा उपचनररत रहेका छन्।