आजदेखि बजारमा भरि सिलिण्डर ग्यास बिक्री गरिने

0
Shares

आजदेखि पुरै भरिएको ग्यासको सिलिण्डर बिक्री गरिने भएको छ । कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै गएको १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएकोमा आजदेखि पुरै ग्यासको सिलिण्डर बिक्री गर्ने भएको हो ।

निगम सञ्चालक समितिको गत बुधबारको बैठकले १४.२ किलो (पुरै भरिएको) को सिलिण्डर ग्यास बिक्री वितरण खुला गर्ने निर्णय गरेको थियो।

पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए। उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको थियो।

बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।

 

प्रकाशित मिति: ३० चैत २०७६, आइतबार  १३ : ४३ बजे