सीजी डिजिटलको एपबाट घरायसी सामग्री खरिद गरे थप ५% छुट पाइने

0
Shares

चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सले आफ्नो अनलाइन एप सीजी डिजिटलबाट घरायसी सामग्री खरिद गर्ने ग्राहकलाई पहिलो खरिदमा थप ५ प्रतिशत छुट दिने भएको छ।

कम्पनीले विज्ञप्तिमार्फत ग्राहकलाई उक्त एप डाउनलोड गरी डिजिटल कारोबार गर्न ग्राहकलाई प्रोत्साहनस्वरुप उक्त योजना ल्याएको जानकारी दिएको हो।

कम्पनीको एप एप स्टोर तथा एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिनेछ। यो योजना सीमित अवधिको लागि हो।

घरायसी वस्तु खरिदपछि निःशुल्क पुर्याइने (डेलिभरी), वा वस्तु पाएपछि रकम दिन सकिने (क्यास अन डेलिभरी) वा घरबाटै आफ्नो बैंक खाताबाट पनि भुक्तानी गर्न सकिने कम्पनीको भनाइ छ।

कम्पनीले वस्तु घरमै पुर्याइदिने (डेलिभरी0को व्यवस्था मिलाए पनि हाललाई डेलिभरी सुविधा स्थगित गरिएको जनाएको छ।

यद्यपि ग्राहकले वस्तु खरिद गरे परिस्थिति अनुकूल भएपछि डेलिभरी गर्ने कम्पनीले जनाएको छ।