कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १२ हजार नाघ्यो, १८ लाख १८ हजारमा संक्रमण

0
Shares

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर १ लाख नाघेको छ। आइतबार राती साढे १० बजेसम्ममा १ लाख १२ लाख ३७१ जनाको मृत्यु भएको छ भने कूल संक्रमितको संख्या पनि १८ लाख १८ हजार नाघेको छ। ४ लाख १६ हजार भने निको भएर घर फर्किएका छन्।

यस रोगबाट शक्तिराष्ट्र अमेरिकामा सबैभन्दा धेरै २१ हजार ४३५ जनाको मृत्यु भएको छ। जसमध्ये ८५८ जना नयाँ थपिएका हुन्।

यसैगरि इटालीमा १९ हजार ८९९ जनाको मृत्यु भएको छ भने स्पेनमा पनि १६ हजार ९७२ जनाको ज्यान गएको छ। यसैगरि फ्रान्समा १३ हजार ८३२, बेलायत १० हजार ६१२, इरान ४ हजार ४७४, बेल्जियम ३ हजार ६००, चीन ३ हजार ३३९, जर्मनी २ हजार ९०८, नेदरल्याण्ड २ हजार ७३७ र टर्की १ हजार १९८, ब्राजिल १ हजार १४४ र स्वीजरल्याण्डमा १ हजार ८९ जनाको कोभिड १९ को कारण मृत्यु भएको वल्डमिटरले जनाएको छ।

आइतबारबार मात्रै अमेरिकामा ४ हजार ४०० बढी नयाँ संक्रमित थपिँदा कूल संक्रमितको संख्या ५ लाख ३७ हजार नाघेको छ। यस्तै स्पेनमा १ लाख ६६ हजार, इटाली १ लाख ५६ हजार, फ्रान्स १ लाख २९ हजार, जर्मनी १ लाख २६ हजार, बेलायत ८४ हजार, चीन ८२ हजार, इरान ७१ हजार, टर्की ५६ हजार, बेल्जियम २९ हजार, स्वीजरल्याण्ड र नेदरल्याण्डमा २५ हजार बढीमा यो भाइरसको संक्रमण देखा परेको छ।

प्रकाशित मिति: ३० चैत २०७६, आइतबार  २२ : ४८ बजे