एनएमबि बैंकले सातै प्रदेशमा वितरण गर्यो पीपीई

0
Shares

एनएमबि बैंकले कोभिड-१९ विरुद्ध प्रतिरक्षाको लागी सरकार र जनतालाई सहयोग पुर्याउने कार्य जारी राखेको छ । बैंकले हालै सातै प्रदेशमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण सम्पन्न गरेको छ ।

बैंकले यी प्रयासहरुले भाइरसको फैलावट रोक्न मुलधारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने विश्वास लिएको छ । बैंकले सरकारलाई देशैभरी रहेका ७ वटै प्रदेश कार्यालय मार्फत ७०० पीपीइ बितरण गरिसकेको छ ।

देशमा भाइरसको महामारीको चर्चा भए लगतै बैंकले सरकारको कोभिड-१९ रोकथाम कोषलाई रुपैया १ करोड ५१ लाख, डा. महावीर पुनः ले नेतृत्व गरेका राष्ट्रिय अविश्कार केन्द्रलाई रुपैया ५ लाख, अनलाइन पारीहरुसँग पनि सम्झौता गरी उक्त संरचनाबाट गरिएको खरिदको आंशिक रकम कोभिड-१९ रोकथाम कोषमा प्रदान गरिने निर्णय गर्नुको साथै आफ्ना शाखा र प्रदेश कार्यालय मार्फत सरकारलाई अतिआवश्यक सामग्री सहयोगको हात अघि बढाएको छ ।

‘वर्तमान समयमा हामीले सामना गरिरहेको चूनौति हामी सबैको लागी अभूतपूर्व हो, यस परिस्थितिमा हामीलाई हाम्रो समुदायको लागी आ-आफ्नो क्षेत्रबाट प्रदान गर्न सक्ने महत्वपूर्ण भुमिकाको लागी उत्प्रेरित गर्दछ ।

एनएमबि बैंकले आफ्नो समुदाय र यसका ईकाइलाई दीगो भविष्यको मार्गचित्र कोर्न सदैव जोड दिएको छ र यस अवसरलाई सरकार र प्रत्यक्ष प्रभावित समुदायलाई यस महामारी विरुद्ध सहयोग पुर्याउने अवसरको रुपमा लिएका छौं ।’ बैंकद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।