कोभिड १९ को १० हजार ९८२ वटा नमुना परिक्षण सम्पन्न

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले बैशाख १ गते सोमबारसम्म ५२ जिल्लामा कूल १० हजार ९८२ वटा परीक्षण सम्पन्न भएका छन्। र्यापिड डाइग्नोस्टिक टेस्ट किट र रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) मेसिन दुबैको गरि उक्त संख्यामा परिक्षण गरिएको हो। परिक्षणमा सोामबार दुई सहित कूल १४ जना संक्रमित रहेका छन् भने १ जना निको भएर घर फकिएसकेकाले १३ जनाको उपचार भैरहेको छ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आरडिटीबाट जम्मा ५ हजार २९१ वटा र ५ हजार ६९१ वटा नमुना परिक्षण सम्पन्न भएको जानकारी दिए।

उनका अनुसार पिसिआर मेसिनबाट सोमबारसम्म कूल ५ हजार ६९१ वटा नमुना परिक्षण सम्पन्न हुँदा गत २४ घण्टामा थप ५१९ वटा परीक्षण सम्पन्न भएका हुन्।

परीक्षण सम्पन्न भएकामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नयाँ ४११ सहित कूल ४ हजार ४३२ र उपत्यका बाहिर नयाँ १०८ सहित १ हजार २५९ वटा परीक्षण सम्पन्न भएका छन्।

कोभिड–१९ को सङ्क्रमण आरडिटी परीक्षणतर्फ धेरै जिल्ला परीक्षण सम्पन्न भैसक्दा ५२ जिल्लामा आरडिटीबाट जम्मा ५ हजार २९१ वटा परीक्षण भएका छन्। यस्तै ७ हजार १६६ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् भने आईसोलेसनमा १०३ जना रहेका छन्। जसमध्ये उपत्यकाभित्र ९ जना र उपत्यका बाहिर ९४ जना रहेका छन्।

मन्त्रालयका प्रवक्ता देवकोटाले हिजो पोजेटिभ देखिएका तीन जनाको कन्ट्याक ट्रेसिङ्ग भैरहेको र विभिन्न मस्जिदहरुमा रहेका २८ जनाको परिक्षण सम्पन्न भएको र केहीको परिक्षण जारी छ। पर्साको छपकैया टोलका ५९ जनाको र्पापिड टेस्ट किटबाट परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ। जिल्ला जनस्वास्थ्य पर्साबाट जिल्लाका १४ दिनभन्दा क्वारेन्टाइनमा बसेकाहरुको र्यापिट किटमा परिक्षण अगाडि बढाइएको उनले जानकारी दिए।

प्रकाशित मिति: १ वैशाख २०७७, सोमबार  १७ : ०५ बजे