भारतमा ३ मे ( वैशाख २१ गते ) सम्म लकडाउन

0
Shares

भारतमा ३ मेसम्म लकडाउन थपिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा  मे ३ अर्थात वैशाख २१ गतेसम्म लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।घोषणा गरेका हुन् ।

सरकारले यसघि लागु गरेको २१ दिने देशव्यापी लकडाउनको अन्तिम दिन सम्वोधनका क्रममा प्रधानमन्त्री मोदीले लकडाउनको पालना गरिदिएकोमा आम नागरिकलाई धन्यवाद दिदै थप तीन हप्ता लम्याउने घोषणा गरे।

लकडाउनको थपिएको अवधिमा केही आर्थिक कृयाकलापलाई भने खुकुलो पारिने उनले बताए। उनले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो सरकारले गरेको निर्णयहरूले भारतमा कोरोनाभाइरसको प्रकोप कम गर्न मद्दत गरेको दाबी गरे।

उनले भनेस् ‘केही समय अगाडि भारतकै जस्तो अवस्थामा रहेका देशहरूको अवस्था खराव भएको छ भने भारत सम्हालिएको अवस्थामा छ। समयमा छिटो फैसला नलिएको भए भारतको अवस्था के हुन्थ्यो भन्ने सम्झँदा पनि डर लाग्छ।’

‘भारतलाई सामजिक दूरी र लकडाउनले ठूलो फाइदा गरेको छ।’ उनले भारतले प्रभावित देशबाट आउने पर्यटकहरूको परीक्षण र १४ दिने क्वारन्टीनको निर्णय समयमै गरेको पनि बताए।

भारतले मार्च २४ देखि लकडाउन गरेको हो। मंगलवारसम्म भारतमा १०,४५३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र ३५८ जनाको मृत्यु भइरसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ।

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलबार  १० : ३७ बजे