वैशाख १५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

0
Shares

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले तेस्रो पटक लकडाउनको समय बढाएको छ। प्रधानमन्त्री निवास बालुबाटारमा मंगलबार बसेको मन्त्रिपरिपद्को बैठकले १२ दिन लकडाउन बढाएर वैशाख १५ गतेसम्म र्पुयाउने निर्णय गरेको हो।

सरकारले यसअघि बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरेको थियो। सरकारले यसअघि नै वैशाख १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडानहरु बन्द गर्ने निर्णय गरेको छ । 

काठमाण्डौंको सनसिटी अर्पाटमेन्टमा बस्ने दुई जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउन फेरि बढाएको हो। नेपाल सरकार मन्त्रीपरिषदले गरेका निर्णयहरु बेलुका ५:२५ बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने बताइएको छ।

छिमेकी राष्ट्र भारतले आजै लकडाउन १९ दिनका बढाएर मे ३ तारिख सम्म पुरयाउने घोषणा गरेको छ।

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलबार  १५ : २० बजे