र्‍यापिड टेस्टमा सप्तरीमा फेरि २ जना कोरोना पोजेटिभ फेला परे

0
Shares

सप्तरीमा दुई जना कोरोना संक्रमित फेला परेका छन् ।

र्‍यापिड टेस्ट गर्दा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।

पोजेटिभ पाइएकामा तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जना रहेका छन् ।

आठ जनाको समूहमा जमातमा सहभागी उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गर्दा २ जनामा पोजेटिभ पाइएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजित कुमार झाले जानकारी दिए।

आजै काभ्रे र धादिङमा पनि र्‍यापिड टेस्ट गर्दा ३ जनामा पोजेटिभ पाइएको थियो ।

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलबार  २२ : २१ बजे