पूर्वसचिव सुशिल घिमिरे निगमको कार्यकारी अध्यक्ष नियुक्त

0
Shares

पूर्वपर्यटन सचिव सुशिल घिमिरे नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।

पर्यटन सचिव हुँदा घिमिरेले १८ महिना नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका घिमिरेलाई सरकारले नियुक्त गरेको हो।

केही समयअघि पर्यटन मन्त्री योगेश भट्टराईले घिमिरेकै संयोजकत्वमा साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल बनाएर सो कार्यदलले १ असोजमा प्रतिवेदन बुझाएको थियो। उनै घिमिरेलाई अहिले निगमको नेतृत्व दिएको हो ।

मदन खरेलले ०७६ माघमा राजीनामा दिएपछि तीन महीनादेखि उक्त पद रिक्त रहेको थियो।

स्वर्गीय रविन्द्र अधिकारी मन्त्री हुँदा पर्यटन मन्त्रालयका सचिव निगमको सञ्चालक समितिको अध्यक्ष रहने प्रावधानलाई हटाएर महाप्रबन्धकभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष नियुक्ति भएको थियो।

सोही निर्णय अनुसार प्रधानमन्त्री केपी ओलीले खरेलाई कार्यकारी अध्यक्ष बनाएका थिए। वर्तमान मन्त्री योगेश भट्टराईले सरकारको लक्ष्यअनुसार खरेलले काम गर्न नसकेपछि अन्तरसंघर्ष बढ्दा उनी निगमको कार्यकारी अध्यक्षबाट राजीनामा दिएर अस्ट्रेलिया उडेका हुन्। 

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधबार  १२ : १९ बजे