जिप्रका काठमाण्डौंद्धारा सवारी पास बन्द, मृत्यु संकारमा मात्र वितरण हुने

0
Shares

जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि वितरण गदै आएको सवारी पासमा कडाई गरेको छ।

कार्यालयले बुधबारदेखि मृत्यु संकारमा जाने व्यक्तिबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने जनाएको छ।

सरकारले लकडाउन अवधि बढाउँदै गएपछि कार्यालयमा सवारी पासको माग अत्याधिक भीडभाड बढेको र लकडाउन समेत उलङ्घन हुने अवस्था सिर्जना भएका कारण बैशाख ३ गतेदेखि अन्य पास पूर्ण रुपमा बन्द गरिएको जनाएको हो।

यसअघि गृह मन्त्रालयले बैशाख १ गतेदेखि खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको थियो। सो अवसरमा प्राप्त प्रमाणका आधारमा नदिई नहुने व्यक्तिलाई मात्रै सवारी सञ्चालनका लागि इ-पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएकोमा अत्याधिक चाप भई भीडभाड हुन थालेपछि पास बन्द गरिएको हो।