लकडाउनमा किसानलाई प्रोत्साहन आवश्यक: मुख्यमन्त्री पौडेल

0
Shares

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । भिडियो कन्फरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै उत्पादनमा लाग्नुपर्ने बताए।

गाउँपालिकामा भएको बजेट खर्च गर्नुपर्ने उनको तर्क थियो । “स्थानीय सरकारसँग भएको पैसा सरकारकै पैसा हो, त्यो खर्च गर्नुपर्छ, अहिले आवश्यकता जे हो त्यसमा खर्च गर्ने हो बाँकी काम बिस्तारै गर्दै जाने हो”, उनले भने।

राहत वितरणको काम बल्ल शुरु गर्ने बेला भएको उनको तर्क थियो । उनले लकडाउनको अवधि लम्बिने अवस्था आए त्यसको सामना गर्न पूर्वतयारी आवश्यक भएको बताए।

मुख्यमन्त्री पौडेलले आज चितवनको भरतपुर महानगरपालिकाका प्रमुख र माडी नगरपालिका प्रमुख, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको बारबिसे नगरपालिकाका प्रमुखहरुसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका छन्।

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधबार  २० : १४ बजे