र्‍यापिड डाइग्नोस्टिक टेष्टको रिपोर्ट उल्टिदै, पोखराको महिलामा पनि देखिएन कोरोना

0
Shares

र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) बाट गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएको रिपोर्टहरु रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) को परिक्षणमा उल्टिन थालेका छन्।

पोखरामा मंगलबार आरडीटी पोजेटिभ देखिएकी पोखरा १२, ढिकालेथरकी महिलाको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआरबाट स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको हो। प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले सो जानकारी दिएका छन्।

यसअघि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलबार गरिएर्को यापिड टेष्टमा तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना संक्रमण पनेटेटिभ देखिएकोमा बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पनि नेगेटिभ नतिजा आएको थियो।

विज्ञहरुका अनुसार दुई विधिको परीक्षणको उद्देश्य र त्यसले दिने परिणाम फरक फरक रहेको हुन्छ। उनिहरुका अनुसार पिसिआर विधि पहिचानका लागि आरसिटी निगरानीका लागि उपयुक्त हुन्छ। 

उनीहरुका अनुसार पीसीआर विधिले कुनै पनि व्यक्तिको शरीरमा भाइरस छ कि छैन पत्ता लगाउँछ। कुनै पनि व्यक्तिमा संक्रमणको सुरुवाति चरणको परीक्षणमा पीसीआर विधि उपयुक्त हुन्छ। उता आरडीटी परिक्षणले कोरोना भाइरस शरीरमा प्रवेश गरेपछि शरीरले बाह्य पदार्थसँग लड्न बनाउने तत्व ( एन्टीबडी) उत्पादन गरेको छ कि छैन भनेर हेर्छ।

प्रकाशित मिति: ३ वैशाख २०७७, बुधबार  २१ : १० बजे