र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणका क्रममा झापाका एक युवकमा पनि एन्टिबडी पोजिटिभ देखिएको छ ।
बुधबार हल्दिबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नं. २ का २९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले गाँपालिकास्थित होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो । ६१ जनाको परीक्षण गरिएकामा उक्त युवकमा आरडीटी पोजिटिभ देखिएको हो ।
आरडीटी पोजिटिभ देखिएका युवक चैत ५ गते दुबईबाट घर फर्किएका हुन् । उनलाई हल्दिबारीस्थित क्वारेन्टाइनमै राखिएको छ ।
प्रतिक्रिया