कोरोना संक्रमितको पहिचान गर्न एनसेलले पनि सुरु गर्‍यो सर्वेक्षण

0
Shares

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग गर्ने भएको छ।

एनसेलले संक्रमितको पहिचान गर्न बुधवारदेखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण सुरु गरेको हो ।

यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यासडायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् ।

प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भागलिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुने एनसेलले जनाएको छ। हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ ।

यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ । यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ।

पहिला पाइलट सर्वेक्षणका रुपमा एनसेलले जनकपुरमा यो सर्वेक्षण गरी चैत्र २१ मापुर्व तथा सूदुरपश्चिममा पनि शुरु गरेको थियो।

यहि सर्वेक्षणका आधारमा प्रत्येक उत्तरदातालाई उसकोे स्वास्थ्यअवस्थाअनुसार अपनाउन पर्ने उपयुक्त सल्लाहसहितको एसएमएस पठाइएको थियो र निःशुल्क रुपमा सरकारको हेल्पलाइन र एनसेलको हटलाइनबाट डाक्टरसँग कोरोना भाइरस सम्बन्धि परामर्शलिन सकिने बारे जानकारी गराइएको थियो ।

विपद् प्रतिकार्य अन्तर्गत एनसेलले सरकारको तथा आफ्नो हेल्पलाइनको नम्बरहरुमा निःशुल्क कल गर्न सकिने बनाइसकेको छ ।

कोरोना भाइरस संक्रमणको रोकथामको लागि एनसेलले सरकारकोे कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा रु १० करोड योगदान पनि गरिसकेको छ ।