सुर्खेतका दुई जनाको रिपोर्ट पोजेटिभ, धुम्बाराहीकी एक महिलामा पनि देखियो संक्रमण

0
Shares

सुर्खेतको क्वारेन्टिनमा रहेका दुई जना पुरुषमा कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ।

सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालको पीसीआर बिधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको सेती अञ्चल अस्पतालले जनाएको छ ।

पीसीआर बिधिबाट नै परीक्षण गरिएको भएपनि थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं पठाइएको छ । अस्पतालका अनुसार दुवै नेपाली भारतबाट आएपछि सुर्खेतमा क्वारेन्टाइन बसेका थिए।

यस्तै २५ दिनअघि बेलायतबाट फर्किएकी अर्की एक महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौं धुम्बाराही बस्दै आएकी ६२ वर्षीय महिलार्मा यापिड टेस्ट गर्दा कोरोना भाइरस सकारात्मक देखिएको हो।

उनलाई श्वासप्रस्वासमा समस्या भएपछि बिहीबार स्वास्थ्य विभागका दुई स्वास्थ्यकर्मीले घरमै पुगेर्र यापिड टेस्ट गरेका थिए। जसको नतिजा पोजेटिभ फेला परेको हो। उनको बिहीबारै टेकु अस्पतालमा स्वाब परीक्षण हुने स्वास्थ्य विभाग सम्बद्ध स्रोतले जनाएको छ।

प्रकाशित मिति: ४ वैशाख २०७७, बिहीबार  १७ : १२ बजे