आरडिटी विधिबाट ६९ जिल्लामा परीक्षण सुरु, कूल १९ हजार ४३२ वटा परीक्षण सकियो

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले परीक्षणको दायरा बढाउँदै लगेको छ। सुरुमा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) बाट परिक्षण अगाडि बढाउँदै आएको मन्त्रालयले पछिल्ला दिनमा र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) लाई बढावा दिन थालेको छ।

धेरै मानिसहरुमा संक्रमण भएको छ कि छैन भनेर हेर्नका लागि आरडिटीलाई जोड दिइएको मन्त्रालयको भनाई छ। बिहीबारसम्म पीसीआर र आरडीटी दुबै गरि कूल १९ हजार ४३२ वटा परिक्षण भैसकेको छ।

जसमध्ये पीसीआर विधिबाट ७ हजार २४० वटा परीक्षण भएकोमा गत २४ घण्टामा ३६९ वटा परक्षण भएका छन्। यस्तै आरडिटी विधिबाट कूल १२ हजार १९२ वटा परीक्षण भएका छन्। गत २४ घण्टामा आरडिटी विधिबाट मात्रै ३ हजार २६३ वटा परीक्षण भएको हो ।

परीक्षण बढेपनि नयाँ संक्रमित भने भेटिएका छैनन्। संक्रमित व्यक्ति १६ जना नै रहेको छ।

१५ जना संक्रमित रहेका छन् भने १ जना उपचारपछि घर फर्किएका छन्।

संक्रमित १५ जनामध्ये २ जना टेकुमा, २ जना पाटन अस्पतालमा, २ जना वाग्लुङ्ग, धनगढीमा ५ जना, वीरगञ्जमा ४ जना उपचाररत रहेको छन्।

बिहीबारको मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले ८ जिल्ला बाहेक ६९ जिल्लामका आरडीटी परीक्षण शुरु भैसकेको छ। ताप्तेजुङ्ग, इलाम, ओखलढुंगा, खोटाङ्ग, सोलुखुम्बु, मनाङ, रुकुमपूर्व, र डोल्पामा भने हुन बाँकी छ। बाँकी जिल्लाहरुमा पनि छिटै परिक्षण सुरु हुने क्रममा रहेको देवकोटाले बताए।

यस्तै गत २४ घण्टामा हालसम्म्म आरडिटी विधिबाट पोजेटिभ आएका सबै रिर्पोटहरु पिसीआर विधिको जाँचमा नेगेटिभ आएको छ। यस्तै वीरगञ्जको छपकैयामा बुधबार गरिएको ४०० आरडिटी परिक्षणको सबै नतिजा नेगेटिभ आउको छ।

मूलुकभर ४ हजार ९०१ जनालाई क्वारिन्टाइनमा राखिएको छ भने संभावित संक्रमित हुनसक्ने १०३ जना आइसोलेसनमा रहेका छन्। जसमध्ये ८ जना उपत्यकाका र ९५ जना बाहिर रहेका छन्।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। जसमा गत २४ घण्टामा ८०४ जनाले स्वमूल्याङ्कन मार्फत जाँच गराएका छन् भने कूल जाँच गराउनेको संख्या १८ हजार ४३४ जना पुगेको छ। यसरी जाँच गराएका विगत २४ घण्टामा कूल ६ जना रेड जोनमा परेका छन् भने कूल रेड जोनको संख्या २४७ जना पुगेको छ। रेड जोनमा परेकाहरुमा सम्भावित संक्रमित हुनसक्ने भएकाले मन्त्रालयले ट्रेसिङ्ग सुरु गरिसकेको प्रवक्ताले बताए।

गत २४ घण्टामा मन्त्रालयको २ वटा कल सेन्टरबाट २ हजार ८७९ वटा कलको रेस्पोन्स गरेको छ।

 

प्रकाशित मिति: ४ वैशाख २०७७, बिहीबार  १७ : ३३ बजे