कोरोनाको रेड जोनमा देखिए २४७ नेपाली, १०३ आइसोलेशनमा

0
Shares

सरकारले कोरोना संक्रमण भएरनभएको तत्काल निवारणका लागि अपनाएको द्रुत परीक्षण र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) ६९ जिल्लामा पुर्याएको छ ।

हालसम्म कोरोनाको रेडजोनमा हुनेको संख्या २ सय ४७ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हाल मुलुकभर ४ हजार ९ सय १ जना क्वारेन्टाइन रहेका छन भने १०३ आइसोलेशनमा रहेका छन । जसमध्ये उपत्यकामा ८ जना र उपत्यका बाहिर ९५ जना रहेका छन ।

भारत र अन्य मुलुकबाट आएका, क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको रगत संकलन गरी परीक्षण गरिने आरडीटीलाई उच्च प्राथमिकता दिई आजसम्म ६९ जिल्लामा पुर्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

देवकोटाका अनुसार विभिन्न जिल्लामा गरिएको आरडीटीमा कोरोना पोेजेटिभ भएका केस देखिएका छन । सोही आधारमा आरडिटी परीक्षणको दायरा बढाइएको हो । उनले अहिलेसम्म कोरोना संक्रमितको संख्या १६ जना मात्रै रहेको र एक जना उपचारपछि घर फर्किएको जानकारी दिए।

सरकारले कोरोना संक्रमण निश्चित गर्न दुईवटा परीक्षण विधि अपनाएको छ । तीमध्ये आरडीटी विधिलाई पहिलो प्राथमिकता दिइएको हो । आरडीटीभन्दा विश्वसनीय र भरपर्दो दोस्रो विधि पीसीआर हो । आरडीटी परीक्षणमा पोजिटिभ देखिएका व्यक्तिको स्वाबको नमुना परीक्षण गरिन्छ ।

 

प्रकाशित मिति: ४ वैशाख २०७७, बिहीबार  १७ : ४० बजे