अत्यावश्यक औषधि अभाव हुँदैन : महानिर्देशक औषधि व्यवस्था विभाग

0
Shares

नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले अति आवश्यकीय र जीबन रक्षक औषधिहरुको अवस्था दैनिक र साप्ताहिक रुपमा प्रतिवेदन विभागमा उपलब्ध गराउन व्यवस्था गरिएको र औषधि अभाव भएको ठाउामा थप रणनीति तयार गर्ने काम भैरहेको भन्दै औषधि अभाव नहुने बताएका छन्।

महानिर्देशक ढकालले नेपालमा निजी र सरकारी गरि दुबै क्षेत्रबाट औषधि आयात भैरहेकोले स्वास्थ्य सामाग्री र औषधिको उपलब्धताको सम्बन्धमा नियमित रुपमा उत्पादक, पैठारीकर्ता र दाताहरुको वितरणलाई समेत अनुगमन गरिरहेको जानकारी दिए।

जसका लागि निजी क्षेत्रका विभिन्न व्यवसायीहरु, उत्पादकहरु, सरकारी निकायका सम्बन्धित पदाधिकारीहरुको समन्वयमा औषधिको उत्पादन, ढुवानी, र बिक्री वितराण्को अवस्थालाइ सुचारु गर्नका लागि पहल गरिरहेका र विभिन्न समयमा भर्चुअल मिटिङ्ग गरेर सुनिश्चितता गरिएको दाबी गरे। दयस्तै नियमित रुपमा औषधिको परीक्षण समेत भैरहेको उनले जानकारी दिए।

कोभिड १९ को संक्रमण फैलन नदिन नेपालमा नै हण्ड सेनिटाइजरको दर्ता र निश्चित स्तर निर्धारण गरि उत्पादन अनुमति दिइ २० भन्दा बढी उद्योगले हाल उत्पादन गरिहरेको उनले जानकारी दिए। उपभोक्ताले सो स्तर भए र मूल्य नभएको हेरेर प्रयोग गर्न आग्रह गरे।

यस्तै सरोकारहरुसँग सामाजिक सञ्जालको ग्रुप तयारी गरि कुनैपनि क्षेत्रका उत्पादक, व्यवसायी, र औषधि व्यवस्था विभागका शाखा कार्यालयहरुको फोकल पोइन्टलाइसञ्जालमा राखि सम्बन्धित पदाधिकारीको इमेल र टेलिफोन नम्बर सहित कुनै पनि औषधिको कमी वा गुणस्तरियताको विषयमा सबाल उठे सूचना लिने र विभागसम्म पुर्याएर समाधान गरिरहेको महानिर्देशक ढकालले बताए।

समय मिलायर फार्मेसि ,सञ्चालनको व्यवस्था मिलाइएको र नेपाल सरकारले बढी आवश्यकता हुनसक्ने सोचेर १९९ वटा औषधिको खरीद प्रकृया अगाडि बढाइसकेको र पीपीई, मास्क, ल्याबरोटेरिज रिएजेन्ट लगायतका बस्तुहरु कतिपय खरीद भैसकेको र कतिपय प्रकृयामा रहेको उनले बताए। यस्तै यस समयमा कसैले दर्ता नभएको औषधि समेत बिक्रीसक्ने भएकाले त्सतर्फ सचेत रहन समेत उनले अनुरोध गरे। यीनै विषयहरुलाई सम्बोधन गर्न एक कार्यदल समेत गठन गरिएको उनको भनाई छ।

प्रकाशित मिति: ४ वैशाख २०७७, बिहीबार  १९ : १३ बजे