प्रभावितले आर्थिक सहायता नपाए नयाँ सामाजिक अस्थिरता : आईएमएफ

0
Shares

कोभिड–१९ महामारी न्यूनीकरण गर्न सरकारले चाल्ने कदम अपर्याप्त भए वा सम्पन्नहरूलाई मात्रै प्राथमिकता दिए केही देशमा नयाँ खालको सामाजिक अस्थिरता निम्तिन सक्ने अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चेतावनी दिएको छ ।

संसारभरका सरकारले कोभिड महामारीविरुद्ध र आर्थिक क्षति न्यूनीकरणका लागि ८० खर्ब अमेरिकी डलर खर्च गरिसकेको भए पनि यो संकटपछि पनि सरकारले आर्थिक राहत दिनुपर्ने मुद्रा कोषले बुधबार सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक सुपरीवेक्षण प्रतिवेदनमा भनिएको छ ।

खर्चमा हुने वृद्धिका कारण वित्तीय घाटा बढ्ने प्रतिवेदनमा जनाइएको छ । विश्वभरका सरकारको सार्वजनिक ऋण १३ प्रतिशत बढेर सन् २०२० मा कुल गार्हस्थ्य उत्पादनको ९६ प्रतिशतभन्दा बढी हुने मुद्रा कोषले जनाएको छ ।

द्रा कोषले मंगलबार कोभिड–१९ महामारीका कारण विश्व अर्थतन्त्र ३ प्रतिशतले खुम्चने प्रक्षेपण गरेको थियो । यो तत्कालीन अवस्थाको प्रक्षेपण भए पनि नतिजा थप खराब हुन सक्ने कोषको भनाइ छ ।

महामारी फैलिन नदिन भएको लकडाउनका कारण विश्व अर्थतन्त्रको ठूलो हिस्सा बन्द रहेको र यसले उदाउँदो बजार र विकासोन्मुख देशलाई सबैभन्दा बढी प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ ।