सहकारीका सदस्यलाई घरमै नगद, सङ्कटको बेला बैंंक नखुल्दा समस्या

0
Shares

कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी लकडाउनमा आफ्ना सदस्यको आर्थिक सारथी बन्दै सहकारीहरुले घरघरमा पैसा पुर्याउन थालेका छन् । लकडाउनका समयमा आफ्ना सदस्यलाई पैसाको कुनै समस्या नपरोस् भनेर बढीमा २५ हजारसम्मको रकम घरघरमै पुर्याउन थालिएको हो ।

भक्तपुरका अधिकांश सरकारी तथा निजी बैंक लकडाउनयता बन्द भएपछि खातामा जम्मा गरेको पैसा झिक्न पाएका छ्रैनन् ।

सूर्यविनायकको ज्योति विकास बचत तथा ऋण सहकारी संस्था, हिमाल बचत तथा ऋण सहकारी संस्था, सबैको बचत तथा ऋण सहकारी संस्था र कौशलटारमा रहेको नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई घरघरमा पैसा पु¥याउन थालेका हुन् ।

ज्योति सहकारीका अध्यक्ष यादव राईले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै सहकारीले आफ्ना सदस्यलाई घरघरमै पैसा पु¥याउन थालेको बताए ।

उनले भने, “लकडाउनपछि सहकारी पनि बन्द भयो, कर्मचारीलाई पनि बिदा दियौँ, तर सदस्यहरु सहकारीमा आएर फर्कने र पैसा चाहियो भनेर फोन आउन थालेपछि घरघरमै सेवा दिन थालेका छौँ ।” सदस्यको समस्यालाई बुझेर उनीहरुको फोन आउनेबित्तिकै आधा घण्टाभित्र बढीमा २५ हजारसम्म घरमै पु¥याइदिने व्यवस्था गरेको छ । खातामा पैसा छ भने घरमा पैसा लगिदिने र चेक लिएर फर्कने गरिएको छ । यसले अप्ठ्यारोमा सदस्यलाई निकै राहत मिलेको छ ।

हिमाल सहकारीका कार्यकारी प्रमुख ईश्वर राईले पछिल्लो समयमा धेरै सदस्यले पैसा माग्न थालेको बताए । शुरुमा धेरै सदस्यले खाद्यान्न जोहो गर्न पैसा लगेको र अहिले लकडाउन लम्बिएपछि सदस्यले पैसा माग गर्न थालेका हुन् । यो सहकारीले सदस्यलाई मास्कसमेत वितरण गरेको छ ।

लकडाउन लम्बिँदा घर तथा भाडामा बस्नेको खाद्यान्नलगायत सामग्री सकिँदै गएपछि सहकारीमा आफूले जम्मा गरेको रकम माग्न थालेको बताउँदै सहकारीले घरमै रकम र मास्क पु¥याइदिएपछि सदस्यलाई सहज भएको उहाँको भनाइ छ ।

मध्यपुरथिमि राधेराधेका सन्तोष न्यौपानेले भने, “जोहो गरेको पैसा सकियो, घरभाडा र बत्तीको पैसा पनि तिर्नैप¥यो, किनेको खाद्यान्न पनि सकिन थाल्यो, जम्मा गरेको पैसा झिक्न फोन गरेको आधा घण्टामै ज्योति विकास सहकारीले २५ हजार घरमै ल्याइदियो, अब ढुक्क भएँ ।”

नागरिक सहकारीका अध्यक्ष नूनम राईले बैंकले सहज सेवा नदिइरहेको र सहकारी पनि बन्द भएको अवस्थामा समस्या परेका आफ्ना सदस्यको खातामा भएको पैसा माग गर्दा घरघरमा पु¥याउने गरेको बताउँदै यो सेवाले सहकारी सदस्यलाई निकै सहज भएको बताए ।

सूर्यविनायक नगरपालिका सिपाडोल–८ का राजन खड्काले राष्ट्रिय वाणिज्य बैंकमा राखेको आफ्नै पैसा झिक्न नपाएको गुनासो गरे । पटकपटक सूर्यविनायक शाखामा गएको र फोन गरेर सोध्दा पनि बैंक नखुल्ने जनाउने गरेको बताउँदै उनले आफूले एटिएम कार्ड नलिएकाले समस्या परेको बताए ।

उनले भने, “हामी गाउँका मान्छे एटिएम कार्ड चलाउँदैनौँ, बैंकमा मजस्ता कयौँ व्यक्ति पैसा लिन आउँदै फर्कदै गरेका छन् तर बैंकले सेवा दिएको छैन, अप्ठ्यारोमा सेवा नदिने यस्ता बैंक जनताका लागि के काम ?” यस्तो सङ्कटको बेलामा सातामा एक दिन मात्रै भए पनि सबै बैंकले सीमित रकम झिक्ने व्यवस्था गर्नुपर्छ ।” उनले घरमा भएको पैसा सकिएकाले खातामा भएको पैसा झिक्न खोज्दा नपाएको गुनासो गरे ।

भक्तपुर नगरपालिका–१ च्यामासिंका प्रवीण श्रेष्ठले सरकारी र निजी बैंक नखुल्दा समस्या परेको बताउछन् । लकडाउन कहिलेसम्म लम्बिन्छ ठेगान नभएको बेलामा घरमा खाद्यान्न, औषधिको जोहो गर्न र बिरामी परे उपचार गर्न केही पैसा घरमा राख्नुपर्ने बेलामा खातामा भएको आफ्नै पैसा झिक्न नपाउनु विडम्बना भएको बताउछन् । कोहीसँग सापटी र ऋणसमेत नपाइने अहिलेको अवस्थामा बैंकमा रहेको आफ्नो रकम झिक्न निश्चित समय सेवा दिने गरी बैंक सञ्चालन गर्न सरकारले निर्देशन दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।