रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा कोरोना कोषमा ७ लाख ५० हजार सहयोग

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कोरोना भाइरस विरुद्ध रोकथाम, त्यसको नियन्त्रणको साथै उपचारका लागि सरकारले स्थापना गरेको कोषमा ७ लाख ५० हजार सहयोग गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल सरकारको कोरोना भाइरस विरुद्ध रोकथाम, त्यसको नियन्त्रणको साथै उपचारका लागि देशव्यापी अभियानमा सहयोग गर्ने हेतूले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार सहयोग गरेको बताए।

उनले भने – “हालको यस विषम परिस्थितिमा विश्व नै रोगको रोकथाममा लागि परिरहेको अवस्थामा सबैको सामूहिक प्रयासबाट पक्कै पनि हामीले पार पाउने छौं र यस महामारीमा सहयोग गर्नु हाम्रो समेत दायित्व हो । यस सहयोगले अहिलेको महामारी रोकथाममा पक्कैपनि केही थप सहयोग हुनेमा रिलायन्स लाइफ इन्स्योरेन्स विश्वस्त रहेको छ । “

कोरोना भाइरसले (कोभिड १९) विश्व नै अक्रान्त बनेको छ । नेपाल लगायत विश्वका २१३ देशहरुमा यो भाइरस फैलिसकेको छ , हाल विश्वमा १ लाख ४६ हजार भन्दा बढी मानिसहरुको निधन भइसकेको छ भने २१ लाखभन्दा बढी मानिसहरु यस महामारीको चपेटामा परिसकेको अवस्था छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका सबै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेका छन् ।

यस संकटको घडीमा नेपालमा पनि सरकारी तथा निजी संघ संस्था तथा व्यक्तिहरुले सरकारी कोषमा आफ्नोे ठाउँबाट गर्न सकिने आर्थिक तथा जिन्सी सहयोग गरेर यस रोगबाट मुक्त हुन हातेमालो गरिरहेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले पनि हाल उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै हातेमालो गरेको हो।