कोरोनाका कारण अमेरिकाको न्यूयोर्कमा एक नेपालीको मृत्यु

0
Shares

कोरोना संक्रमण्म –कोभिड १९) का कारण अमेरिकाको न्यूयोर्कमा एक नेपालीको निधन भएको छ । ६९ वर्षका महेश अमात्यको स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

बुधबार साँझ स्वास्थ्यमा थप समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो। अमात्यको दाहसंस्कार गर्न तथा परिवारलाई सहयोग पुर्याउने उदेश्यले गो फण्ड मार्फत रिजउड नेपाली समाजले आर्थिक संकलन शुरु गरेका समाजका उपाध्यक्ष तुलसीराम आचार्यल बताए।

केही समयअघि मात्रै अमेरिका गएका अमात्यका एक श्रीमती र ३ छोरा रहेका छन्। यससँगै कोरोना संक्रमणका कारण अमेरिकाको न्यूयोर्कमा मृत्यु हुने नेपालीको संख्या ५ पुगेको छ ।

बुधबार न्यूयोर्कको आफ्न घरमा काठमाडौंका पवनकुमार मल्लको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति: ५ वैशाख २०७७, शुक्रबार  १३ : ४२ बजे