अर्थव्यवस्थाको सुस्तता हटाउन आरबिआईले घोषणा गर्यो ५० हजार करोडको राहत प्याकेज

0
Shares

भारतीय केन्द्रीय बैंक (आरबिआई) ले देशमा जारी लकडाउनका बीच बैंक, माइक्रोफाइनान्स इंस्टीट्यूट (एमएफआई) र बैंकिंग वित्तीय कम्पनीहरु (एनबीएफसी) लाई ठूलो रकमको राहात प्याकेज घोषणा गरेको छ ।

केन्द्रीय बैंकका गभर्नर शान्तिकान्त दासले एनएबिएआरडि, एसआईडिबिआई, एनएचबि लगायतका वित्तीय संस्थाहरुलाई ५० हजार करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन। ।

त्यस्तै केन्द्रीय बैंकले लिक्वीडिटी कभरेज रेसियोलाई १०० प्रतिशतबाट ८० प्रतिशतमा झारेको छ । यसैगरी रिभर्स रिपो दर ०.२५ प्रतिशतले घटाएर ४ प्रतिशतबाट ३.७५ प्रतिशतमा झारेको छ । योभन्दा पहिले पनि गभर्नर दासले रिपो दरमा ०.७५ प्रतिशतको भारी कटौतीको घोषणा गरेका थिए ।

कोरोनाका कारण भारतको आर्थव्यवस्थामा देखिएको समस्या समाधान गर्नको लागि यो राहतको घोषणा गरेको आरबीआईले जनाएको छ । आरबीआईले यसअघि पनि राहत प्याकेज ल्याएको थियो ।

गभर्नर दासकाअनुसार कृषि र ग्रामीण विकासका लागि २५ हजार करोड, साना उद्योग विकास बैंकलाई १५ हजार करोड र राष्ट्रिय आवास बैंकलाई १० हजार करोड विनियोजन गरिएको जनाएको छ ।

भारतीय केन्द्रीय बैंकले बैंकहरुलाई लाभांश घोषणामा रोक लगाएको छ । कोरोना भाइरसका कारण निम्तिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै आरबिआईका गभर्नर शान्तिकान्त दासले अर्को आदेश नभएसम्म बैंकहरुले लाभांश वितरण गर्न नपाउने बताएका हुन ।