राष्ट्र बैंकले वैशाख ७ गते ३५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले वैशाख ७ गते ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैशाख ८ गते सोमबार जारी हुने तीन वर्ष अवधिको विकास ऋणपत्र २०८० घ विसं २०८० बैशाख ८ गते परिपक्क हुनेछ।

चालु आवको चौथौ त्रैमासमा विकास ऋणपत्र मार्फत ७० अर्ब बराबरको आन्तरिक ऋण उठाने कार्यसूची निर्धारण गरेको केन्दीय बैंकले पहिलो चरणमा आइतबार ३५ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको हो। यसपश्चात दोस्रो चरणमा ३५ अर्ब रुपैयाँ बराबरको पाँच वर्ष अवधिको विकास ऋणपत्र जारी गर्नेछ।

ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन्।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने इच्छुक ऋणपत्र खरीदका लागि इच्छुकले बैशाख ७ गते आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ ।

ऋणपत्रमा न्यूनतम ५० हजारदेखि ५० हजारले भाग गर्दा निःशेष भाग जानगरि निष्काशित रकमको सीमा नबढाईे आवेदन गर्न सकिन्छ। निष्काशित ऋणपत्रमध्ये ८५ प्रतिशत (२९ अर्ब ७५ करोड रुपैयाँ) प्रतिस्पर्धिका लागि र बाँकी १५ प्रतिशत (४५ अर्ब २५ करोड) अप्रतिस्पर्धीका लागि छुट्याइएको छ।

यसरी खरीद गरिएको ऋणपत्र आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन तथा दोश्रो बजार मार्फत खरिद बिक्री गर्न पनि सकिन्छ । बोलकबोलको माध्यमबाट निर्धारण हुने ऋणपत्रको ब्याज अर्धवाार्षिक रुपमा भुक्तानी हुनेछ भने साँवा २०८० बैशाख ८ गते भुक्तानी हुनेछ ।

केन्द्रीय बैंकले चालु आवमा कूल १ खर्ब ९५ अर्ब आन्तरिक ऋण उठाउने निर्धारण गरेकोमा चौथौं त्रैमासमा मात्रै १ खर्ब ३९ अर्ब ४० करोड उठाउने कार्यसूची छ। जसमा ६५ अर्बको ट्र्ेजरी बिल, ७० अर्बको विकास ऋणपत्र र ४ अर्बको नागरिक बचतपत्र, र ४० करोडको वैदेशिक रोजगार बचतपत्र मार्फत संकलन गरिने उल्लेख छ।

चालु आवमा जारी गरिने यो अन्तिम विकास ऋणपत्र हो। यसअघि तेस्रो त्रैमासमा (चैत २७ गते) ३० अर्ब रूपैयाँ बराबरको पाँच वर्षे विकास ऋणपत्र बिक्री गरिएको थियो। विकास निमार्णका कार्य गर्न सरकारलाई आवश्यक पर्ने आवश्यक रकम जुटाउनका केन्द्रीय बैंकले विकास ऋणपत्र जारी गने गर्दछ।

प्रकाशित मिति: ५ वैशाख २०७७, शुक्रबार  १४ : ४० बजे