भाटभटेनीले आजदेखि दैनिक ९ घण्टा आउटलेट खोल्न थाल्यो, उपत्यकाका ६ स्थानमा खुला

0
Shares

कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण मुलुक लकडाउनमा गएपछि होम डेलिभरीको सुविधा दिँदै आएको भाटभटेनी सुपरमार्केटले शुक्रबारदेखि उपत्यकाका ६ स्टोर दैनिक ९ घण्टा आउनटलेट खुला राखेर सेवा दिन थालेको छ।

राजधानीका कलंकी, महाराजगन्ज, नक्साल (पुरानो भाटभटेनी), कोटेश्वर, भक्तपुर र पुल्चोकको स्टोरहरु बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म खुला हुने थालेको हो। सातदोबाटो, चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने बन्द नै रहनेछन् ।

भाटभटेनी समूहले उपत्यकाबाहिर पनि विराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगन्ज गरि ७ स्थानका भाटभटेनी सुपरस्टोर पनि सञ्चालनमा रहनेछन्।

सुपमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले सोसियल डिस्ट्यान्सिङ कायम गरि स्टोरमा पर्याप्त सावधानी अपनाएर खुला गरिएको हो। एक पटकमा १० जनालाई मात्रै प्रवेश दिइएको छ।

ग्राहकको गुणस्तरीय दैनिक उपभोग्य बस्तु खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि स्टोर खुला गर्ने निर्णय गरिएको पौडेलले बताए।