आरडिटी विधिबाट ७५ जिल्लामा परीक्षण सुरु, कूल २४ हजार २५३ वटा परीक्षण सकियो

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले परीक्षणको दायरा बढाउँदै लगेको छ। सुरुमा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) बाट परिक्षण अगाडि बढाउँदै आएको मन्त्रालयले पछिल्ला दिनर्मा यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) लाई बढावा दिन थालेको छ।

शुक्रबारसम्म पीसीआर र आरडीटी दुबै गरि कूल २४ हजार २५३ वटा परिक्षण भैसकेको छ। गत २४ घण्टामा ४ हजार ८२२ वटा नमुना परिक्षण भएका छन्।  पीसीआर विधिबाट ७ हजार ६८८ वटा परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट कूल १६ हजार ५६५ वटा परीक्षण भएका छन्।

परीक्षण बढेपनि नयाँ संक्रमित भने भेटिएका छैनन्। संक्रमित व्यक्ति १६ जना नै रहेको छ। १५ जना संक्रमित रहेका छन् भने १ जना उपचारपछि घर फर्किएका छन्। संक्रमित १५ जनामध्ये २ जना टेकुमा, २ जना पाटन अस्पतालमा, २ जना वाग्लुङ्ग, धनगढीमा ५ जना, वीरगञ्जमा ४ जना उपचाररत रहेको छन्।

शुक्रबारको मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले २ जिल्ला बाहेक ७५ जिल्लामका आरडीटी परीक्षण शुरु भैसकेको बताए। उनका अनुसार सोलुखुम्बु, र डोल्पामा भने परीक्षण हुन बाँकी छ। ती जिल्लाहरुमा पनि छिटै परिक्षण सुरु हुने क्रममा रहेको देवकोटाले बताए।

यस्तै गत २४ घण्टामा हालसम्म्म आरडिटी विधिबाट पोजेटिभ आएका सबै रिर्पोटहरु पिसीआर विधिको जाँचमा नेगेटिभ आएको छ। मूलुकभर ४ हजार ६०७ जनालाई क्वारिन्टाइनमा राखिएको छ भने संभावित संक्रमित हुनसक्ने ९० जना आइसोलेसनमा रहेका छन्। जसमध्ये ५ जना उपत्यकाका र ८५ जना बाहिर रहेका छन्।

मन्त्रालयको २ वटा कल सेन्टरबाट गत २४ घण्टामा २ हजार ६३२ वटा जिज्ञासा सामाधान गरिएको छ।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्नास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या १८ हजार २०८ पुगेको छ। गत २४ घण्टामा ५७८ जनाले स्वमूल्याङ्कन फारम भर्दा २ वटा गरि कूल २५८ जना रेड जोनमा परेका छन्। वेवसाइटमा हेर्नेको ५ लाख १० हजार ८१८ र मोबाइल एप ५५ हजार २३० पुगेको छ।