सरकारले चार्टर्ड फ्लाइट मार्फत ३४ चिकित्सक सुदूरपश्चिम पठायो

0
Shares

संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको अवस्थालाइ हेरेर शुक्रबार ३४ जना चिकित्सको टोली विमान चार्टर्ड गरि पठाएको छ।

शुक्रबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी अध्ययनरत ३४ जना चिकित्सहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदबाट परिचालन हुनेगरि एक महिनाको लागि सुदूरपश्चिममा पठाइएको जानकारी दिए। आवश्यकता अनुसार मन्त्रालयले समय थप्ने सक्ने बताइएको छ।

उनका अनुसार भौगोलिक रुपमा टाढा रहेको प्रदेशमा कोभिड १९ को रोकथाम तथा नियन्त्रणलाई थप जनशक्तिको आवश्यकता महसुस गरि चिकित्सकको टोली पठाइएको हो।

छिमेकी मुलुक भारत र अन्य मुलुकबाट नेपाल आएको मानिसहरु र स्रम्भावित अवस्थालाइ समेत हेरी थप जनशक्तिको आवश्यकता महसुस गरि सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा काम गर्नेगरि त्यहाँ खटाइएको हो। उनीहरुलाई आजै यती एयरलाइन्सको हवाइजहाज मार्फत धनगढी पुगिसकेका छन्।

धनगढी पठाइएका चिकित्सकमध्ये १३ जना चिकित्सकलाई सेती प्रादेशिक अस्पताल र बाँकीलाई प्रदेशका अन्य जिल्लामा खटाइने बताइएको छ। सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा चिकित्सकहरुलाई खटाउन सक्ने मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका अनुसार ४ जना चिकित्सकलाई कञ्चनपुरको महेन्द्रनगरमा, अछाम, बैतडी, डडेलधुरा र दार्जुलामा तीन।तीन जना र बझाङ र कैलालीको टीकापुर जिल्ला अस्पतालमा दुई-दुई जना चिकित्सक खटाउने तयारी छ।

यसअघि पनि ¥यापिट टेष्टका लागि केन्द्रबाट ६ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिम आइपुगेको थियो । बिहीबारसम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार २२६ जनाको नमूना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । यहाँ हालसम्म पाँच जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

  • पाटन अस्पतालमा पिसीआर मेसिन जडान, कूल १४ ठाउँमा जडान

शुक्रबार पाटन अस्पतालमा पिसीआर मेसिन जडान भएसँगै कूल पीसीआरबाट नमुना परीक्षण हुने स्थान १४ पुगेको जानकारी दिए।

यस्तै यसभन्दा पहिला प्रत्येक प्रदेशमा ५ हजारका दरले र्यापिड टेस्ट पठाइ पठाइएकोमा विभिन्न जिल्लाहरुबाट माग भई आएबमोजिम पुन आवश्यकता अनुसार ३० हजार थप र्यापिड टेस्ट पठाइसकिएको उनले जानकारी दिए। यो सँगै करिब ७० हजार टेस्ट किट परीक्षणका लागि पठाइएको उनले बताए।

प्रकाशित मिति: ५ वैशाख २०७७, शुक्रबार  १७ : १३ बजे