नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकैदिन १४ थपिए

0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार मात्रै एकैदिन नेपालमा १४ जना कोरोना भाइरस (कोभिड-१९)  का संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा र चितवनका दुईमा कोरोना पुष्टि भएको हो । उनीहरु मध्ये अधिकांस भारतीय हुन् । जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जना नै पुरुष, ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय) र चितवन जिल्लाको २ वटा केसमा पुरुष, २७ र ६३ वर्षीय रहेका छन्’, मन्त्रालयले भनेको छ । 

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये आठजना भारतीयलाई कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा आठजनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।

भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।

चितवनका दुई राप्ती नगरपालिका-८ का आमा छोरा हुन् । ‘बेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो। ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनु पर्ने देखिएको छ।