आरबिआईको राहत प्याकेजपछि बैंकिङ्गमा उछाल, निफ्टी र सेन्सेक्स दुबै सूचकमा सुधार

0
Shares

रिजर्भ बैंक अफ इण्डिया (आरबिआई)ले कोरोना भाइरसका कारण अस्तव्यस्त भएको भारतीय अर्थतन्त्रलाई बचाउन ५० हजार करोडको राहत प्याकेज घोषणा गरेसंगै भारतीय धितोपत्र बजारमा सुधार आएको छ ।

आरबिआइले शुक्रबार घोषणा गरेको राहत प्याकेजमा एनबीएफसी र हाउजिङ फाइनान्स कम्पनीहरुलाई राहत दिने तथा वित्तीय प्रणालीमा तरलता बढाउनेसम्ममा उपायहरु रहेका छन्।

यो व्यवस्थाले भारतको वित्तीय अवस्थामा सहजता प्रदान गर्ने दाबी गरीएको छ ।

आरबिआईले वित्तीय क्षेत्रलाई लक्षीत गरेर ल्याएको राहत प्याकेको घोषणसंगै शुक्रबार शेयर बजार खुल्दा उच्च अंकको सुधार देखिएको थियो। तर, आरबिआइको घोषणपछि भने बजारमा केही करेक्सन आएको थियो। तर, कारोबारको अन्तिम समयमा भने नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी र बम्बई स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्स दुबै बढेर नै बन्द भएका छन ।

शुक्रबार कारोबार बन्द हुँदा सेन्सेक्स ९८६ अंकले बढेर ३१ हजार ५८८.७२ अंकमा पुगेको छ भने निफ्टी परिसूचक २९८ अंकले बढेर ९ हजार २९१ अंकमा पुगेर बन्द भएको छ । शुक्रबार भारतीय शेयर बजारमा बैंक वित्तीय क्षेत्रको शेयर मूल्यमा उच्च सुधार आएको छ ।

शुक्रबार सेन्सेक्समा सूचीकृत ३० शेयर मध्ये २३ वटा शेयरको मूल्य बढेको छ । त्यसैगरी एक्सिस बैंकको शेयरमूल्यमा १४ प्रतिशतसम्ममा सुधार आएको छ। त्यसैगरी आइसीआई बैंक १०, इण्डस्वेज बैंक ९, मारुतीको शेयरमूल्यमा ७ प्रतिशतसम्मको सुधार आएको छ ।

शुक्रबार निफ्टीका ११ उपसमूहमध्ये ९ सूचकहरु बढेका छन्। निफ्टीको बैंकिङ उपसूचक मात्र ७ प्रतित सम्मले वढेको छ। त्यसैगरी फाइनान्सीयल इण्डेक्स पनि ५.७४ प्रतिशतले बढेको छ । शुक्रबार एफएमसीजी र फर्मा उपसूचक भने घटेको छ ।

आरविआइका गर्भनर शक्तिकान्त दासले खराब बर्जाको वर्गिकरण गर्दा तीन महिनाको अवधि सहुलियत प्रदान गरेका छन्। यस अवधिमा कर्जा नउठेको खण्डमा पनि खराब कर्जामा वर्गिकरण गर्नुपर्दैन ।

त्यसका साथै आरविआई गभर्नर दासले सन् २०२० मा अर्को सूचना नआउँदासम्ममा लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेका छन्। यो अवधिमा बैंक वित्तीय संस्थाले कर्मिसयल बैंक र फाइनान्सीयल संस्थाहरुले २० प्रतिशत थप प्रोभिजन गर्नुपर्ने भएको छ ।

एसियाली बजारमा पनि शुक्रबार सुधार देखिएको छ । एसजिएक्स फ्टिी ३ प्रतिशतले बढेको छ भने निक्की २२५ करिब २ं५ प्रतिशतले बढेको छ । त्यसैगरी स्ट्रेट टाइम्स पनि १.५ प्रतिशतको सुधार सुधार छ । त्यसैगरी ह्याङस्याङ पनि २ प्रतिशत भन्दा धेरैले बढेको छ । कोस्पी ३.३३ र साघांइ कम्पोजिट ०.८५ प्रतिशतले बढेका छन्।

प्रकाशित मिति: ५ वैशाख २०७७, शुक्रबार  २१ : २१ बजे