कोरोना कोषमा शुक्रबार मात्रै साढे दुई करोड जम्मा

0
Shares

कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शुक्रबार दुई करोड ५८ लाख २७ हजार १९४ सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले आजसम्म दुई अर्ब सात करोड ४६ लाख ३८ हजार ९८० सङ्कलन भएको जानकरी दिए।

उनका अनुसार आज सानिमा बैंक र बैंक अफ काठमाडौँले ६५÷६५ लाख जम्मा गरेका छन् । यसैगरी सानिमा बैंकका कर्मचारीले ३३ लाख ४८ हजार २६९, बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले पाँच लाख ५१ हजार ४१३, उच्च अदालत जनकपुरले पाँच लाख १९ हजार ३३०, जयअम्बे सप्लायर्स एण्ड टेडर्स पाँचथरले पाँच लाख एक हजार कोषमा प्रदान गरेका छन् ।

सरकारले कोरोना भाइरस रोकथामका लागि आर्थिक स्रोत जुटाउनका लागि कोष खडा गरेको हो ।

प्रकाशित मिति: ६ वैशाख २०७७, शनिबार  ०८ : २१ बजे