अमेरिकामा ७ लाख १० हजार कोराना संक्रमित, मृतक ३७ हजार नाघ्यो

0
Shares

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा शनिबार साढे २ बजेसम्म कोरोना स्रक्रमित व्यक्तिको संख्या ७ लाख १० हजार नाघेको छ। यस अवसिधसम्ममा अमेरिकाका विभिन्न राज्यमाम गरि ३७ हजार १७५ जनाले ज्यान गुमाएका छन् भने ६३ हजार ३१० जना उपचारपछि घर फर्किएका छन्।

सुरुका दिनमा इटालीमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमणको मृतक रहेकोमा सो देशभन्दा १५ हजार धेरै नागरिकले अमेरिकामा मृत्युवरण गरेका हुन्।

न्यूर्योक सिटी सबैभन्दा धेरै प्रभावित बनेको छ। सो शहरमा २ लाख ३४ हजार संक्रमित रहेका छन् भने १७ हजार १३१ ले यस शहरमा मात्रै मृत्युवरण गरेका छन्। यस्तै न्यू जर्सीमा ३ हजार ८४० को ज्यान जाँदा ७८ हजार ४६७ संक्रमित रहेका छन्।

म्यासाचुसेट्स, मिशिगन, पेन्सलभेनिया, क्यालिफोर्निया, इलिनोइस, फ्लोरिडा लगायतका राज्य बढी प्रभावित रहेका छन्। यी राज्यमा २४ हजारदेखि ३४ हजारसम्म संक्रमित रहेका छन् भने एक हजारदेखि २ हजारको संख्याबीचमा मानिसहरुले ज्यान गुमाउनुपरेको अवस्था छ।

प्रकाशित मिति: ६ वैशाख २०७७, शनिबार  १४ : ४४ बजे