सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण सुरु, कूल २७ हजार ४७१ वटा परीक्षण सकियो

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले शनिबारसम्म शनिबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि कूल २७ हजार ४७१ वटा परीक्षण भैसकेको जनाएको छ। जसमध्ये पीसीआर विधिबाट कूल ८ हजार १७ वटा र आरडिटी विधिबाट कूल १९ हजार ४५४ वटा परीक्षण भएका हुन्।

शनिबारको मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा ३ हजार ४९१ वटा नमुना परिक्षण भएको जानकारी दिए।

जसमध्ये पीसीआर विधिबाट ६०२ वटा र आरडिटी विधिबाट २ हजार ८८९ वटा परीक्षण भएको हो। 

प्रवक्ता डा. विकास देवकोटाले शनिबारसम्म सबै ७७ वटै जिल्लामा आरडीटी परीक्षण शुरु भैसकेको बताए। उनले मूलुकभर ४ हजार ५३६ जनालाई क्वारिन्टाइनमा राखिएको र संभावित संक्रमित हुनसक्ने आशंकामा ११७ जना आइसोलेसनमा राखिएकोमा उपत्यकामा ५ जना र ११२ जना उपत्यकाका बाहिर रहेका समेत जानकारी दिए।

शुक्रबार मात्रै उदयपुरमा १२ र चितवनमा २ गरि १४ संक्रमित थपिँदा नेपालमा कोरोना संक्रमितको कूल संख्या ३० पुगेको छ। २८ जना संक्रमित रहेका छन् भने २ जना उपचारपछि घर फर्किएका छन्।

संक्रमित २८ जनामध्ये २ जना टेकुमा, २ जना पाटन अस्पतालमा, २ जना वाग्लुङ्ग, धनगढीमा ५ जना, वीरगञ्जमा ४ जना, चितवनमा २ जना र उदयपुरमा १२ जना उपचाररत रहेको छन्। थप पृष्टि भएका १४ जनाको केस यन्भेष्टिगेशन र कन्याट ट्रेसिङ्ग अगाडि बढाइएको देवकोटाले जानकारी दिए।

मन्त्रालयको २ वटा कल सेन्टरहरु ११३३ र १११५ बाट गत २४ घण्टामा ३ हजार २१ वटा जिज्ञासा सामाधान गरिएको छ। स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या २० हजार १३० पुगेको छ। गत २४ घण्टामा १ हजार ११८ जनाले स्वमूल्याङ्कन फारम भर्दा ३ वटा गरि कूल २५४ जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाहरुलाई ट्रेसिङ्गको काम अगाडि बढाइएको बताइएको छ।

प्रकाशित मिति: ६ वैशाख २०७७, शनिबार  १७ : १९ बजे