राष्ट्रपति कार्यालयबाट कोरोना उपचार कोषमा ९ करोड ५० लाख जम्मा

0
Shares

राष्ट्रपति कार्यालयले आव २०७६।७७ मा आफ्नो कार्यालयको विभिन्न शिर्षकका लागि विनियोजित बजेबाट ९ करोड ५० लाख कोरोना उपचार कोषमा जम्मा हुने व्यवस्था गरेको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति मार्फत् नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा उक्त रकम जम्मा गरिएको जानकारी दिएका हुन्।

विश्वभरमहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विशेष परिस्थिति उत्पन्न भएका कारण उक्त सहयोग गरिएको जनाइएको छ।

प्रकाशित मिति: ६ वैशाख २०७७, शनिबार  १८ : ४० बजे