भारतको लकडाउन नलम्बिने संकेत, एयर टिकट बुकिङ खुल्न थाल्यो

0
Shares

भारतले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेको लकडाउन बैंशाख २३ गते सम्ममात्र कायम रहने भएको छ । भारत सरकारले दोस्रो चरणको लकडाउन तोकिएको मिति भन्दा नलम्बिने संकेत गरेको छ।

भारतका हवाइ कम्पनीहरुले टिकटको बुकीङ खुला गरेपछि बैंशाख २३ भन्दा धेरै लकडाउन नलम्बीने देखिएको हो । एअर इण्डियाले मे ४ अर्थात बैशाख २४ गते देखि आन्तरीक उडान सुरु गर्ने भएको छ । त्यसैगरी जुन एक तारीक देखि अन्तरािष्ट्रय उडान गर्ने भएको छ । एअर इण्डियाले राष्ट्रिय तथा अन्तरािष्ट्रय उडानका लागि टिकट बुकिङ सुरु गरिसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

एयर इण्डियाले लकडाउन सकिएको भोलिपल्ट देखि नै आन्तरिक उडान सुरु गर्ने भएको छ । आगामी मे ४ देखि आन्तरिक उडान सुरु गर्नका लागि एयर इण्डियाले टिकट बुकिङ पनि सुरु गरीसकेको छ । त्यसका साथै आगामी जुन १ देखि सुरु गर्ने अन्तरािष्ट्रय उडानका लागि पनि टिकट बुकिङ खुला गरेको छ । तर, सरकारले लकडाउनको अवधि पुन वढाउने निर्णय गरेको खण्डमा एयर इण्डियाको यो फैसला पनि परिवर्तन हुने जनाएको छ ।

भारतमा पनि कोरोना संक्रमीत भेटिन थालेपछि भारतीय सरकारले चैत १२ गते देखि पहिलो चरणको २१ दिन, बैंशाख २ गते सम्म लकडाउन गरेको थियो । त्यसपछि दोस्रो चरणको बैंशाख ३ देखि २३ गतेसम्मका लागि थप गरेको थियो । भारतमा कोरोना संक्रमीतको संख्या वढ्दै गएपछि भारत सरकारले दोस्रो चरणको लकडाउन गर्ने घोषण गरेको थियो । लकडाउनको अवधिमा देशभर हवाइ, ट्रेन, बस, पब्लिक यातायात, मेट्रो, ओला, उवर क्याव लगायतका सम्पुर्ण सुविधाहरु बन्द रहेका छन।

यो अवधिमा बुकिङ भएका फ्लाइट टिकटमा क्रेडिट रिफण्ड र क्यास रिफण्ड दुबै मिल्ने छ । यदि तपाइको टिकट २५ मार्च देखि ३ मे विचको रहेको खण्डमा एयरलाइन्सले क्रेडिट रिफण्डको सुविधा दिएको छ । यस अनुसार यात्रीले आफ्नो यात्राको पुनरतालिकीकरण गर्न सक्नेछन । त्यसैगरी २५ मार्च देखि १४ अप्रिलसम्मको टिकट बुकिङमा भने नगद नै फिर्ता दिइरहेको छ।

यसैविच केही एयरलाइन्स कम्पनीले टिकट बुकिङ खुला गरेपछि भारतीय नागरिक उड्यन मन्त्री हरदि सिंह पुरीले ट्वीट मार्फत सरकारले औपचारीक निर्णय नगर्दासम्ममा टिकट बुकिङ नगर्न भनेका छन ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानका सन्दर्भमा सरकारले कुनै पनि ठोस निर्णय नलिएको हुनाले टिकट बुकिङ तत्कालका लागि बन्द गर्न सिहले निर्देशन दिएका छन । सरकारी औपचारी निर्णय आएपछि मात्र टिकट बुकिङ सुरु गर्न समेत उनले एयरलायन्स कम्पनीलाइ अनुरोध गरेका छन ।