प्रदेश २ मा १ हजार ८३६ जनाको र्‍यापिड टेस्ट

0
Shares

प्रदेश नं २ मा सबैभन्दा बढी पर्सा जिल्लामा कोरोना भाइरसको र्‍यापिड डायगोनष्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ ।

प्रदेशमा शनिवारसम्म एक हजार ८३६ को परीक्षण गरिएकामा सबैभन्दा बढी पर्साका ९२३ कोे परीक्षण गरिएको हो ।

अन्य जिल्लातर्फ सप्तरमा २८७, सिरहामा ११०, धनुषामा ५४ र महोत्तरीमा ५४ जनाको आरडिटी परीक्षण गरिएको प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा।रामप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै, सर्लाहीमा ६८, बारामा ६२ र रौतहटमा २६८ जनाको आरडिटी परीक्षण गरिएको छ । सर्लाहीको धनकौंल–५ स्थित जनता माविको क्वारेन्टाइनमा बसेको १४ वर्षीय एक किशोरको आरडिटी रिपोर्ट पोजिटिभ भएको र उनको स्वाब परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको सचिव डा. घिमिरेले जानकारी दिए ।

प्रदेशअन्तर्गत आठओटै जिल्लामा हालसम्म एक हजार २६५ जना क्वारेन्टाइनमा, एक हजार ६७७ जना होम क्वारेन्टाइन र १४ जना आइसोलेशनमा रहेका छन् । 

प्रकाशित मिति: ७ वैशाख २०७७, आइतबार  ०९ : ०४ बजे