कोरोनाबाट विश्वभर एक लाख ६२ हजारको मृत्यु, दुई तिहाई सङ्ख्या यूरोपको (अपडेट)

कोरोनाबाट विश्वभर एक लाख ६२ हजारको मृत्यु, दुई तिहाई सङ्ख्या यूरोपको (अपडेट)

कोरोनाभाइस सङ्क्रमणका कारण आइतबारसम्म विश्वभर करिब एक लाख ६२ हजार व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर एक लाख ६१ हजार ९५१ जनाको मृत्यु भएको छ भने यसको करिव दुई तिहाई अर्थात् एक लाख ७९४ जनाको यूरोपमा मृत्यु भएको छ ।

युरोपमा कोरोनाभाइरस सङ्क्रमण १० लाख ७९ हजार ६५० जनामा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत र जर्मनी रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा ३९ हजार ६८ जनाको मृत्यु भएको छ भने इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ३२३ र बेलायतमा १५ हजार ४६४ जनाको सङ्क्रमणका कारण आइतबारसम्म मृत्यु भएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार २० : २७ बजे