सिन्धुपाल्चोकका पाँच स्थानीय तहबाट अलपत्र परेकालाई सम्पर्क गर्न आग्रह

0
Shares

सिन्धुपाल्चोकका विभिन्न पाँच स्थानीय तहले काठमाडौँ वा देशको जुनकुनै स्थानमा खान, बस्न समस्या भोगेका आफ्ना नागरिकलाई स्थानीय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।

खान, बस्न र परिवार भेट्न राजधानीबाट थातथलो हिँड्नेको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोकका स्थानीय सरकारले आफ्ना नागरिकको अवस्थाबारे सोधखोज गरेका हुन् ।

चौतारा सँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङले अन्य ठाउँमा समस्यामा परेकालाई नगरपालिकाले सुरक्षित रुपमा ल्याएर १४ दिन क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षणपछि घरसम्म पु¥याउने भएकाले अलपत्र परेका पालिकावसीलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।

  • उल्लङघन गर्नेलाई कारबाही

सिन्धुपाल्चोकमा लकडाउनको उल्लङ्घन गर्नेलाई प्रहरीले करबाही तीव्र बनाएको छ ।

हिजो चौतारा साँगाचोक गढी नगरपालिका चौतारा बजारमा बिना काममा घर बाहिर हिँड्ने ३३ जनालाई नियन्त्रणमा लिई डेढ घण्टा टुँडिखेलमा उभ्याइएको र सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

  • पाँचपोखरी थाङपालमा परीक्षण तीव्र

पाँचपोखरी थाङपाल गाउँपालिकामा गत चैत महिनादेखि विदेशबाट फर्किएका २५ जनाको द्रुत गतीमा कोरोना परीक्षण गरिएको छ। परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्मराम धितालले जानकारी दिए।

बरुवा र भोताङको भोताङमा १० तथा थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप र भोटेनाम्लाङको गुन्सामा १५ गरी २५ जनाको परीक्षण गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए।

  • इन्द्रावती माा ३३ को आरडिटी रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि विदेशबाट आएका ३३ जनाको ¥यापिड डाइगोनिष्टिक टेष्ट ९आरडीटी० परीक्षण गरिएको छ। ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले गत चैत १ गतेपछि इन्द्रावती गाउँपालिकामा बिदेशबाट आएका २४ पुरुष र ९ महिलाको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो

  • मजदुरलाई राहत

बलेफी गाउँपालिकाले–८ ले असङ्गठित क्षेत्रका ४१ मजदुरलाई राहत वितरण गरेको छ । जनही १५ किलो चामल १ किलो दाल २ लिटर तेल १ प्याकेट नुन वितरण गरिएको वडाअध्यक्ष चरिवहादुर तामाङले बताए।

प्रकाशित मिति: ८ वैशाख २०७७, सोमबार  ०९ : ४० बजे