एलसी भुक्तानीको लागि सक्कली प्रमाण पत्र आवश्यक नपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) मार्फत आयात हुने मालसामानको भुक्तानीमा सक्कली प्रमाण पत्र आवश्यक नपर्ने ब्यबस्था गरेको छ ।

राष्ट्र बैंकले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मको लागि यस्तो ब्यबस्था गरेको जनाएको छ।

राष्ट्र बैंकका अनुसार तोकिएको शर्त पुरा गरी ईसुइङ बैंकले सक्कली कागजातको प्रतिलिपीको आधारमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

यसरी भुक्तानी गर्दा सक्कली कागजात तथा सो अनुसारको सामान प्राप्त नभएमा र विदेशी विनिमय अपचलन भएमा भुक्तानीको आवेदक स्वयम हुनु पर्नेछ । डिएपी र डिएए मार्फत हुने आयातको हकमा भने यो लागु नहुने केन्द्रीय बैंकले जनाएको छ।

कोरोना भाइरस संक्रमणको कारण हाल कुरियरहरु रोकिएको कारण सक्कली कागजात प्राप्त हुन नसक्ने हुँदा सो व्यवस्था गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले बताए ।

त्यस्तै राष्ट्र बैंकले व्यापारिक फर्महरुले खोलेका एलसीको अवधि २०७७ साल असार मसान्तसम्म थप्न सकिने ब्यबस्था गरेको छ । थप गरिएको अवधि शुल्करब्याज तिर्नुपर्ने भएमा ६ महिना लेवर प्लस ३ प्रतिशतप्रति वर्ष भन्दा बढी तिर्न नपाईने राष्ट्र बैंकले जनाएको छ ।