सत्तासिन नेताहरु पद लोलुपताको राजनीतिक अंकगणितमा व्यस्त भएको पूर्वराजाको आरोप

0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले सत्तासिन नेताहरु पद लोलुपताको राजनीतिक अंकगणितमा व्यस्त भएको आरोप लगाएका छन्।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत र्पुयाएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था सहितको संसोधन गरेपछि मंगलबार पूर्वराजाको यस्तो प्रतिकृया आएको हो।

उनले ट्वीटर मार्फत भनेका छन्:- “संकटको घडीमा जनआधार प्राप्त सत्तासिन नेताहरु पद लोलुपताको राजनीतिक अंकगणितमा व्यस्त भई आमजनताको समस्या सम्बोधन नगरी स्वयं पथ भ्रमित बन्दै निहीत स्वार्थमा रमाउनु देशकै दुर्भाग्य हो। जनमतको अनादर गरी व्यक्तिगत स्वार्थमा रुमल्लिने राजनैतिक नेता सदैव भावी पुस्ताको खलनायक बन्न पुग्छ।”

हिजोमात्रै राष्ट्रपति भण्डारीबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएको थियो ।

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलबार  १० : ०२ बजे